समाचार

भोलि शनिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

९ पुष २०७८, शुक्रबार ०९:२०
भोलि शनिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

९ पुस, काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्ल बैठक सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवद्र्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ ।

इसाई धर्मावलम्बीहरूले हरेक वर्षको डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउने गर्छन् । यस वर्ष क्रिसमस पुस १० गते अर्थात शनिवार परेको छ ।

यस वर्ष शनिवार क्रिसमस डे परेको भए पनि मन्त्रिपरिषद्को बैठकले क्रिसमसमा सार्वजनिक बिदा हुने कुरालाई आत्मसात् गरेर निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्