समाचार

माओवादीको स्थायी समिति बैठक ३ बजेसम्मको लागि स्थगित

९ पुष २०७८, शुक्रबार ०७:२८
माओवादीको स्थायी समिति बैठक ३ बजेसम्मको लागि स्थगित

९ पुस, काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

स्थायी कमिटी बैठक दिउँसो ३ बजे पुनः बस्नेगरी हाललाई स्थगित गरिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनले दिउँसोको बैठकमा विस्तृत छलफल हुने जानकारी दिए। बैठकमा राष्ट्रिय सम्मेलनको अन्तिम तयारीबारे पनि छलफल भएको छ।

शुक्रबार दिउँसो १ बजे नेकपा मसाल र नेकपा (माओवादी) बाट विद्रोह गरेको एउटा समूह माओवादीमा प्रवेश गर्ने कार्यक्रम भएकाले बैठक स्थगित गरिएको छ।

राजनीतिक एजेन्डाप्रतिको दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे मतभेद भएपछि मसालबाट अलग्गिएको समूहले नेकपा मसाल (सम्पर्क केन्द्र) गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्