२२ मंसिर,काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसा अन्त्यका लागि एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।
महिला हिंसाबिरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि समाजका सबै पक्षले पहल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । मन्त्री आचार्यले महिला हिंसाबिरुद्धको अभियानमा पुरुषको सहभागिता बढाउन जोड दिनुपर्ने बताउनु भयो ।
‘महिलामाथि हुने हिंसा र दूर्व्यवहार हटाउन हामीले यतिबेला ३ वटा कुरामा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दछ । पहिलो, संविधान र कानूनले जतिसुकै व्यवस्था गरेपनि समाजमा सचेतनाको अभाव भयो भने त्यसको पूर्ण कार्यान्वयन कठिन छ,’ उनले भने, ‘त्यही भएर महिला हिंसा विरुद्धको सचेतना कार्यक्रमलाई व्यापक बनाउन पनि जरुरी छ । दोस्रो, महिला पुरुष भनेको एउटा रथका दुई पांग्रा हुन् । ती मध्ये एकको अभावमा अर्को गुडन सम्भव रहँदैन । त्यही भएर महिलामाथि हुने हिंसाविरुद्धको अभियानमा पुरुषहरुको सहभागिता सुनिश्चत गर्दै लैजानुपर्छ भन्ने मेरो धारणा रहेको छ ।’
उनले महिला हिंसा अन्त्यका लागि महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउनुपर्ने बताए । ‘विभेद र दुर्व्यवहारको एउटा जड परनिर्भरता पनि हो । महिलाको परनिर्भरतालाई अन्त्य गरेर उनीहरुलाई आर्थिक उपार्जनका निम्ति सवल बनाउँदै महिला सशक्तिकरण गर्न जरुरी छ,’ उनले भने ।
दोस्रो, महिला पुरुष भनेको एउटा रथका दुई पाङ्ग्रा हुन् । ती मध्ये एकको अभावमा अर्को गुड्न सम्भव रहँदैन । त्यही भएर महिलामाथि हुने हिंसाविरुद्धको अभियानमा पुरुषहरूको सहभागिता सुनिश्चित गर्दै लैजानुपर्छ भन्ने मेरो धारणा रहेको छ । र, तेस्रो भनेको महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउने विषय पनि हो । विभेद र दुर्व्यवहारको एउटा जड परनिर्भरता पनि हो ।
महिलाको पर निर्भरतालाई अन्त्य गरेर उनीहरूलाई आर्थिक उपार्जनका निम्ति सबल बनाउँदै महिला सशक्तीकरण गर्न जरुरी छ । नीति तथा कार्यक्रममा नै महिलाका लागि विभिन्न किसिमका योजनाहरू बनाउँदै सरकारले कूल बजेटको करिब २० प्रतिशतको हाराहारीमा लैङ्गिक समानताका लागि बजेट छुट्टाउँदै आएको छ । तर त्यसको सही सदुपयोग नभइरहेको गुनासो आइरहेका छन् ।’