समाचार

हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा खनियो सडक

९ पुष २०७८, शुक्रबार ०४:१२
हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा खनियो सडक

९ पुस, जाजरकोट । सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ ।

 आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उनले बताए । नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नं १ मा लगेर सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । सर्वसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको हो ।

अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्