२२ मंसिर,विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको आज निरीक्षण गरेका छन् ।
गएराति स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षति पुर्याएको थियो । झापा, मोरङ र सुनसरी विभित्र स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एकरएकजना गरी चारजना सर्वसाधरणको मृत्यु भइसकेको छ ।
बेलबारी १० भाउत्रेस्थित १० बिगाहाभन्दा बढी क्षेत्रमा लगाइएको मकै, केरालगायत बालीलाई हात्तीले क्षति पुर्याएपछि मुख्यमन्त्री कार्कीले सो क्षेत्रको निरीक्षण एवं अनुगमन गरेका हुन् ।