मुख्य समाचार

१४ किलो सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

२२ मंसिर २०८०, शुक्रबार ०१:१३
१४ किलो सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

२२ मंसिर,काठमाडौँ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए। विहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान (१४ किलो) सुनसहित पक्राउ गरिएको थियो।

दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ । घटनामा अन्य  व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्