२२ मंसिर,काठमाडौँ।आज (शुक्रबार)देखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। शुक्रबार २ वटा खेल हुँदैछन्।
पहिलो दिन हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यस्तै भारत र अफगानिस्तानबीच पनि अर्को खेल हुँदैछ। पहिलो खेलमै बलियो टोली पाकिस्तानको सामना गरिरहेको नेपाल जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। पाकिस्तान पनि पहिलो खेलमा सहज जित निकाल्ने योजनाका साथ मैदान उत्रिनेछ।
नेपाल र पाकिस्तान दुवै टोलीमा सिनियर टोलीबाट खेलेका खेलाडी पनि छन्। नेपालको टोलीका कप्तान देव खनाल र अलराउन्डर गुल्सन झाले सिनियर टोलीबाट खेलिसकेका छन्।
पाकिस्तानका स्पिन अलराउन्डर अरफत मिन्हासले पनि सिनियर टोलीबाट खेलिसकेका छन्। उनले ३ वटा टी–२० आई खेलिसकेका छन्।