२१ मंसिर,काठमाडौं। काठमाडौँ उपत्यकामा आज (बिहीबार) चिसो बढेको महसुस भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले हिजोअस्तिको तुलनामा उपत्यकामा आज दिउँसो चिसो बढेको बताए। उनका अनुसार आज दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौँ उपत्यकाको तापक्रम १५ डिग्री छ। यो हिजोभन्दा ५ डिग्री कम हो।