मुख्य समाचार

उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ छ, भोलि नै रोकिन पनि सक्छ : चिरिबाबु महर्जन

२१ मंसिर २०८०, बिहीबार ०९:५९
उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ छ, भोलि नै रोकिन पनि सक्छ : चिरिबाबु महर्जन

२१ मंसिर,काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर सधैँ सबैको टाउको दुखाईको विषय बनिरहेको छ । फोहोरको वैज्ञानिक व्यवस्थापनको पक्षलाई नजरअन्दाज गर्दाको परिणाम डम्पिङ साइटका जनता रोगका कारण मर्न बाध्य छन् ।

बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले फोहोर व्यवस्थापनलाई दिगोपन दिन जरुरी रहेको बताए । ‘उपत्यकाको फोहोर व्यवस्थापन एकदमै मार्जिनल टाइपले भइरहेको छ । भरे पनि रोकिन सक्छ । भोलि पनि रोकिन सक्छ । केवल काम चलाउको रुपमा भइरहेको छ । यसलाई दिगोपन दिनुपर्छ’, उनले भने ।

हाल काठमाडौं उपत्यकाका दुईवटा महानगरपालिका र १६ वटा नगरपालिकाको फोहोर धादिङको बन्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्ने गरिएको छ । त्यहाँ दिनको लगभग १२ सय मेट्रिक टन फोहोर फाल्ने गरिएको छ । त्यहाँ फाल्ने फोहोरमध्ये ६५ प्रतिशत काठमाडौं महानगरपालिका र १९ प्रतिशतसम्म ललितपुरको हुने गरेको मेयर महर्जनले बताए ।

अधिकार छ भनेर ल्यान्डफिल्ड साइट क्षेत्रका जनताको स्वास्थ्यमा खेलबाड गर्न नहुने प्रमुख महर्जनको भनाइ छ। काठमाडौँ उपत्यकाभित्र दुईवटा महानगरपालिका र १६ वटा नगरपालिका छन्। सबै पालिकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फाल्ने गरिएको छ। बञ्चरेडाँडामा लगभग दिनको एक हजार २०० मेट्रिक टन फोहोर जाने गरेको छ। उनले बताए।

“त्यसमध्ये ६५ प्रतिशतभन्दा बढी काठमाडौँ महानगरको पर्छ। ललितपुर महानगरको लगभग १८/१९ प्रतिशत छ। ललितपुर महानगरपालिका आफैँले यसको स्वतन्त्र रूपमा व्यवस्थापन गर्ने भन्ने हाम्रो मनसाय थियो। छ पनि,” उनले भने, “तर, त्यसलाई कार्यान्वयन गर्न निकै अप्ठ्यारो परिरहेको छ। किनकि ललितपुर महानगर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको रुटमा पर्छ। त्यसले गर्दा व्यवस्थापन गर्न हम्मेहम्मे छ।”

सरकारले फोहोर फाल्नका लागि बञ्चरेडाँडामा पूर्वाधार बनाएको छ। तर त्यहाँ कुहिने र नकुहिने फोहोर सही ढंगले व्यवस्थापन नगर्दा ५० वर्षका लागि डिजाइन गरेको पूर्वाधार १० वर्ष पनि नटिक्ने जोखिम देखिएको उनको भनाइ छ।

‘बञ्चरेडाँडा ५० वर्षको निमित्त गरेको डिजाइन हो । तर अहिलेकै हिसावमा गयो भने त्यो ५० वर्ष होइन १० वर्षपनि टिक्दैन । ५० वर्षसम्म आयु टिकाउनकै निमित्त पनि ओखरपौवाको फोहोर सफा गरेर त्यहाँ निस्किएको सोसल इस्युलाई सम्बोधन गरेको खण्डमा यसको आयु बढ्छ’, उनले भने । यो विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेको र उनी सकारात्मक रहेको महर्जनले बताए ।

अहिले जसरी नै फोहोर फाल्ने हो भने त्यहाँको ल्याडफिल साइट छिट्टै भरिने उनले बताए । ‘अहिले त्यहाँको जुन अवस्था छ, एक त ओखरपौवाले गर्दा त्यहाँको जनजीवनलाई नै अस्तव्यस्त पारिएको छ । काठमाडौं उपत्यकाको फोहोरले त्यहाँको स्थानीय जनतालाई दुःख दिन पाइँदैन । दुःख दिनु हुँदैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्