मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड इमान र लाज पचाएर सरकारमा बसिरहेको ओलीको आरोप

२१ मंसिर २०८०, बिहीबार ०९:३२
प्रधानमन्त्री प्रचण्ड इमान र लाज पचाएर सरकारमा बसिरहेको ओलीको आरोप

२१ मंसिर,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रघाती काम गर्ने आरोप लगाएका छन् ।

मेची–महाकाली अभियानअन्तर्गत बिहीबार वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताएका हुन् ।

अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनु पर्ने ओलीको भनाइ छ । उनले अहिलेको सरकारले स्वाधीनता कमजोर बनाएको र विकासका काम ठप्प पारेको अरोप लगाए । ओलीले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे ।

अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनु पर्ने ओलीको भनाइ छ । “अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो । गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ, नत्र राजीनामा गरेर घर जानुपर्ने सरकार हो,” एमाले अध्यक्ष ओलीले भने, “सरकारमा बसिरहन लाज नमानेर, लाज नलागेर कसरी बसिरहेको छ अचम्म लाग्दो छ ।”

उनले अहिलेको सरकारले स्वाधीनता कमजोर बनाएको र विकासका काम ठप्प पारेको अरोप लगाए । ओलीले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे । मंसिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा संकलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्रनिर्माणको खाका र योजना बनाउने ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्