बलिउड

बबीकी आमाको प्रतिक्रिया, ‘यस्ता फिल्म नगर, म हेर्न सक्दिनँ’

२१ मंसिर २०८०, बिहीबार ०९:२६
बबीकी आमाको प्रतिक्रिया, ‘यस्ता फिल्म नगर, म हेर्न सक्दिनँ’

काठमाडौं।बलिउड फिल्म ‘एनिमल’ रिलिज भएसँगै बबी देओल चर्चामा छन्। रणवीर कपुरको मुख्य भूमिका रहेको ‘एनिमल’ मा बबी खलपात्रको भूमिकामा छन्।

छोटो भए पनि उनको प्रभावकारी भूमिकाले दर्शकको ध्यान खिचिरहेको छ। दर्शकबाट प्रशंसा मिले पनि बबीकी आमा प्रकाश कौर भने उनको भूमिकालाई लिएर खुसी भइनन्। एनिमल हेरेपछि कौरले बीबीलाई यस्तो फिल्म नखेल्न आग्रह गरेकी छिन्।

हालैको एक अन्तर्वार्तामा बबी स्वयंले आमाको प्रतिक्रियाबारे बोलेका हुन्। फिल्म हेरेपछि बबीलाई आमाले भनेकी थिइन्, ‘यस्ता फिल्म नगर, म हेर्न सक्दिनँ’।

खलपात्रमा देखिएका बबीको ‘एनिमल’मा मृत्यु हुन्छ। आमाको प्रतिक्रिया उनको यही मृत्युको दृश्यमा रहेको बबीले बताए। फिल्म हेर्दा पनि कौरले त्यो दृश्य हेर्न सकेकी थिइनन्।

प्रतिक्रिया दिनुहोस्