पत्रपत्रिका

माओवादी राष्ट्रिय सम्मेलनः दाहालको विकल्प दाहाल

९ पुष २०७८, शुक्रबार ०२:५७
माओवादी राष्ट्रिय सम्मेलनः दाहालको विकल्प दाहाल

९ पुस, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ११–१३ पुसमा काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुँदै छन् ।

माओवादी केन्द्रको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । यद्यपि नेताहरूले विधान संशोधन गरेर पदाधिकारी संख्या बढाउने छलफल गरिरहेका छन् ।

माओवादी केन्द्रले विधान परिमार्जन गर्न विधान मस्यौदा समिति गठन गरेको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानमा आवश्यक परिमार्जन गर्न स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृकाप्रसाद यादव रहेको समिति गठन गरिएको छ ।

विधान मस्यौदा समितिका संयोजक गुरुङले सम्मेलनको हलबाट पारित हुने व्यवस्थाअनुसार पदाधिकारी चयन गरिने बताए । पदाधिकारी संख्या बढाउने छलफल जारी रहेको बताउँदै उनले सम्मेलनले नै अन्तिम टुंगो लगाउने बताए ।

माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल नै आउने भएका छन् । दाहालको विकल्पमा अर्को नेता नभएकाले उनी नै फेरि अध्यक्ष बन्नेछन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गुरुङले विगत तीन दशक बढी समयदेखि पार्टीको नेतृत्व गर्दै आएका नेता भएको ठाउँमा अर्को नेता आउने सम्भावना नभएको बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्