समाचार

खानेपानी तथा महशुस निर्धारण आयोगको अध्यक्षमा गौतम नियुक्त

२१ मंसिर २०८०, बिहीबार ०६:१२
खानेपानी तथा महशुस निर्धारण आयोगको अध्यक्षमा गौतम नियुक्त

२१ मंसिर,काठमाडौं। सरकारले खानेपानी तथा महशुस निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतम नियु्क्त गरेको छ। बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्ता रेखा शर्माले सो बारे जानकारी गराएकी हुन्।

आयोगको सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय भएको छ । बैठकले विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्