समाचार

एनसेल प्रकरणको छानविन गर्न समिति गठन

२१ मंसिर २०८०, बिहीबार ०६:०८
एनसेल प्रकरणको छानविन गर्न समिति गठन

२१ मंसिर,काठमाडौं। सरकारले एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

बिहीबार बसेको मन्त्री मन्त्रिपरिषद् बैठकले पूर्व महालेखापरीक्षक श्री टंकमणि शर्माको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिस रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भणडारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सस्था(आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहनेछन् । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

समितिको सदस्यहरुमा सरकारका सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेको उनले बताइन्।

समितिलाई समग्र विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन ३० दिनको कार्यादेश दिइएको मन्त्री शर्माले बताइन्। त्यस्तै विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक उद्धार कार्यक्रम पहिलो चरणका लागि प्राप्त सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णय समेत गरेको उनले जानकारी दिइन्।

एनसेलको उक्त सेयर नेपाली मुलका सिङापुरका नागरिक सतिशलाल आचार्यले खरिद गरेका छन् । बेलायतमा दुई महिना अघि एक डलरमा स्पेक्ट्रलाइट युके नामक कम्पनी दर्ता गरेर सोही कम्पनीमार्फत आचार्यले सेयर खरिद गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्