२० मंसिर,काठमाडाैं ।सीताराम गोकुल मिल्क्स प्रालिले बडादशैं, दिपावली र छठ पर्वको उपलक्ष्यमा ल्याएको ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजनाको विजेताहरुको घोषणा भएको छ ।
मंसिर १८ गते सोमबार सीतारामको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारणसमेत गरिएको लक्की ड्र मार्फत विजेताले प्रथम पुरस्कार स्वरूप Hisense Multi Door Fridge प्राप्त गरेका छन् ।
साथै सोही लक्की ड्र मार्फत दोस्रो र तेस्रो पुरस्कारका विजेताहरु पनि घोषित भएका छन् । दोस्रो पुरस्कारका रूपमा Hisense 50 inches TV रहेको छ भने तेस्रो पुरस्कारमा df Hisense washing machine रहेको छ ।
यस अतिरिक्त २० जनाले सान्त्वना उपहारका रूपमा kdf Induction, heater / water hot pot प्राप्त गरेका छन् । बिजेताहरुको सम्पूर्ण विवरण सिताराम दुघको आधिकारिक फेसबुक पेजमा हेर्न सकिनेछ । उक्त कार्यक्रमको संचालन चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले गरेका थिए ।र उक्त कार्यक्रममा अतिथिका रुपमा रतन लाल केडिया, सुमित केडिया र रचित केडियाको उपस्थिति रहेको थियो । उनीहरूले सीतारामको तर्फबाट सबै विजेताहरूलाई बधाई पनि ज्ञापन गरे।
उत्कृष्ट र गुणस्तरीय डेरी उत्पादनद्वारा ग्राहक वर्ग माझ एक विशिष्ट पहिचान बनाएको सीतारामले नेपालीहरूको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरि ‘यसपालि सीता रामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ नारा सहित यो योजना जारी गरेको थियो । यस योजना अन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिद गर्दा ग्राहकहरूले एउटा कुपन पाएका थिए । यही कुपनको आधारमा सोमबारका विजेता घोषणा भएका हुन् ।
सीताराम गोकुल मिल्क्स प्रालिले विगत २८ वर्ष देखि दूध तथा दूधजन्य उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरू ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको छ । सीतारामका उत्पादनहरू उच्च गुणस्तरका हुनुको साथै ग्राहक स्वास्थ्यलाई मध्यनजर गर्दै राम्रो प्याकेजिङ् मा पनि उपलब्ध गराइन्छन् ।