समाचार

नेपाली नागरिकलाई भारतीय कागजात बनाइदिने तीन जना पक्राउ

२० मंसिर २०८०, बुधबार १२:५६
नेपाली नागरिकलाई भारतीय कागजात बनाइदिने तीन जना पक्राउ

२० मंसिर,काठमाडौँ। नेपालीलाई क्यासिनो छिराउन नक्कली भारतीय आधारकार्ड बनाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार स्थायी घर दोलखा मेलुङ गाउँपालिका ३ भई हाल काठमाडौँ बुढानीलकण्ठ बस्ने ४७ वर्षीय गोविन्द खड्का, ओखलढुङ्गा घर भई हाल ललितपुर बस्ने ३९ वर्षीय नवीन राई र रुपन्देही घर भई हाल काठमाडौँ तारकेश्वर बस्ने २५ वर्षीय विनोद न्यौपानेलाई पक्राउ गरिएको छ ।

उपत्यकाभित्र भएका क्यासिनोमा हुने विभिन्न क्रियाकलापमाथि सुक्ष्म रूपमा निगरानी गर्दा क्यासिनोमा प्रवेश गराई खेलाउने प्रयोजनका लागि नेपाली नागरिकको भारतीय कागजात बनाई दिने गरेको भन्ने बुझिन आएकाले कार्यालयबाट खटिएको प्रहरी टोलीले दोलखाको मेलुङ गाउँपालिका–३ घर भई काठमाडौँको बुढानिलकण्ठ बस्ने गोबिन्द खड्कासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्