२० मंसिर,मोरङ। विराटनगरस्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका चार जनामध्ये विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो ।
न्युरोमा उपचार गराइरहेका अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनीहरुको शरिरमा ८० प्रतिशतभन्दा धेरै जलेको प्रहरीले जनएको छ ।
विराटनगर महानगरपालिका, दुहबी, सुन्दरहरैचना नगरपालिकाको दमकल स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।