२० मंसिर,काठमाडौँ। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ। एनसेलको ८० प्रतिशत सेयर बिक्री अवैध भएको भन्दै बाजुराका गोकुलबहादुर रोकायाले रिट दायर गरेका हुन्।
बाजु्रामा गोकुलबहादुर रोकायाले पाँच वर्षअघि स्वीडिस कम्पनी टेलियासोनेरासँग १.३ विलियन अमेरिकी डलरमा आजियाटाले किनेको एनसेलको ८० प्रतिशत सेयर अहिले ५० मिलियन अमेरिकी डलरमा किस्ताबन्दीमा भुक्तानी गर्ने गरी भएको बिक्री शंकास्पद भएको भन्दै अनुसन्धानका लागि पनि आदेश माग गरिएको छ ।
पाँच वर्षअघि स्वीडिस कम्पनी टेलियासोनेरासँग १।३ विलियन अमेरिकी डलरमा आजियाटाले किनेको एनसेलको ८० प्रतिशत सेयर अहिले ५० मिलियन अमेरिकी डलरमा किस्ताबन्दीमा भुक्तानी गर्नेगरी भएको ब्रिकी शंकास्पद भएको रिटमा उल्लेख गरिएको छ।
यो रिटमा उच्च अदालत पाटनले आगामी बिहीबारका लागि पेसी तोकेको छ। यसअघि एनसेलविरुद्ध ३ वर्षअगाडिनै सर्वोच्च अदालतमा रिट परेको थियो । रिट मंगलबार सुनुवाइ हुने भनिएपनि स्थगित सूचीमा परेको थियो ।अब उक्त रिटमा फागुन १५ गते सुनुवाइ हुनेछ ।
यस्तो छ रोकायले दायर गरेको रिट निवेदन