समाचार

युवा पनि राजनीतिमा आउनुपर्छ: लिङ्देन

८ पुष २०७८, बिहीबार १६:०९
युवा पनि राजनीतिमा आउनुपर्छ: लिङ्देन

८ पुस, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै युवा राजनीतिमा आउनुपर्ने बताए ।

तुलसीपुरमा आज भएको आमसभामा उहाँले अहिलेको भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन युवा सक्रिय भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

अहिलेको निर्वाचन प्रणाली पनि निकै खर्चिलो भएको भन्दै यसमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो । “संसद्को चुनाव लड्नुपर्दा हामी जस्ता केही मान्छे झुक्किएर आएका छौँ ।

गरिबको छोरासँग जस्तोसुकै देश बनउने योजना भए पनि निर्वाचन जित्न सक्ने अवस्था छैन । करोडौँ खर्च गर्नुपर्ने अवस्था छ । रासस

प्रतिक्रिया दिनुहोस्