खेलकुद

७ गोलको रोमाञ्चकतामा आर्सनल विजयी

२० मंसिर २०८०, बुधबार ०१:३१
७ गोलको रोमाञ्चकतामा आर्सनल विजयी

२० मंसिर,सिरहा। डेक्लान राइसले खेलको अन्तिम समयमा गरेको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिगमा मंगलबार लुटन टाउनमाथि ४–३ को जित हात पारेको छ ।

यस जितसँगै आर्सनलले शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको छ । आर्सनलले ३–२ ले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । यस नतिजासँगै आर्सनलको १५ खेलबाट ३६ अंक भएको छ । दोस्रोमा रहेको लिभरपुलको १४ खेलबाट ३१ अंक छ ।

मंगलबारकै अर्को खेलमा उल्भ्सले बर्नलीलाई १–० ले हरायो र त्यसमा हवाङ हि–चानले निर्णायक गोल गरे । उल्भ्सको १५ खेलबाट १८ अंक भएको छ र १२ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्