madhesh

कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली हुने

२० मंसिर २०८०, बुधबार ०१:१७
कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली हुने

२० मंसिर,काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र र आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ’ नामक शक्तिशाली आँधीको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सफा रहेको छ । आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सफा रहने छ । विभागले देशभरको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न सबैमा आग्रह गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ४० मिनेट र सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्