बलिउड

चौथो दिनको कमाइमा ‘एनिमल’ले शाहरुखको ‘जवान’लाई उछिन्यो

१९ मंसिर २०८०, मंगलवार १४:२१
चौथो दिनको कमाइमा ‘एनिमल’ले शाहरुखको ‘जवान’लाई उछिन्यो

काठमाडौं।रणवीर कपुरले एनिमलको रुपमा ज्वाकपट पाएका छन् । शुक्रबार रिलिज भएको यो फिल्मले चार दिनमा विश्वभर ४ अर्ब २५ करोड भारु कलेक्सन गरेको छ ।

प्रदर्शनमा आएको पाँच दिनमा यो फिल्मले घरेलु बजारमा २८० र विदेशमा १२१ करोडको व्यापार गरेको छ । सन्दीप भंगाको निर्देशन रहेको यस फिल्मले तीन दिनमा दुई सय करोडको व्यापार गरेर रेकर्ड बनाएको थियो । तेस्रो दिनमा दुई सय करोडमा प्रवेश गर्ने यो दोस्रो हिन्दी सिनेमा हो ।

हिन्दी भाषामा ४० करोड भारु र दक्षिण भारतमा ४ करोड भारुको कलेक्सन छ । योसँगै भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन २ अर्ब ४६ करोड २३ लाख भारु छ ।  सोमबार हिन्दी भर्जनको ओभरअल अकुपेन्सी ४८ दशमलव ९ प्रतिशत थियो ।

फिल्मको हिन्दी भर्सनले पहिलो सोमबार ४० करोड भारु कलेक्सन गर्ने शाहरुख खानको जवानको रेकर्ड तोडेको छ । जवानले पहिलो सोमबार ३२ करोड भारु कमाएको थियो । शाहरुख खानको यो फिल्म यो वर्ष सबैभन्दा धेरै कमाउने फिल्म हो । फिल्मको वल्र्डवाइड कलेक्सन ११ अर्ब भारु थियो ।

एनिमलले आइतबार तेस्रो दिन ७५ करोड भारु कमाएर नयाँ रेकर्ड बनाएको थियो । मात्रै ३ दिनमा फिल्मले ३ अर्ब ५६ करोड भारुको कमाइ गर्‍यो । यसको साथै फिल्मले विकेन्ड कलेक्शनमा दोस्रो ठूलो फिल्म पठानको रेकर्ड तोड्यो । तर फिल्मले जवानको वल्र्डवाइड रेकर्ड तोड्नेमा केहीले भने आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्