समाचार

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

८ पुष २०७८, बिहीबार १५:५१
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

८ पुस, चितवन । चितवनमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका–६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोलाई कुटपिट गरि हत्या गरेको अभियोगमा २५ वर्षीया साजन महतोलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय अम्बिका महतो घर छेउमा सोमबार राति घाइते अवस्थामा फेला परेकी थिइन् । भोलिपल्ट बिहान आफन्तले अम्बिका लडेको अवस्थामा देखेपछि उपचारको लागि भरतपुर अस्पताल लगिएको उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले मृतकको शरीरमा लागेको चोट र घटनास्थलको प्रकृतिलाई हेरेर ‘अस्वाभाविक’ आशंकामा अनुसन्धान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्