समाचार

कांग्रेस प्रदेश २ को मतदान सकियो, राति ११ बजेबाट मतगणना

८ पुष २०७८, बिहीबार १५:४४
कांग्रेस प्रदेश २ को मतदान सकियो, राति ११ बजेबाट मतगणना

८ पुस, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि भएको निर्वाचन सम्पन्न भएको छ।

बिहान ९:४० बजेदेखि सुरु भएको मतदानमा १९३८ मध्ये १८८१ मत खसेको कांग्रेसको प्रदेश २ निर्वाचन समितिका सदस्य अरुण यादवले जानकारी दिए।

कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन (सभापति शेरबहादुर देउवा) पक्ष र शेखर कोइराला– विमिलेन्द्र  निधि पक्ष प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन्। सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन्।

धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ तथा बारा र पर्साको बुथमा ४६८ मत खसेको निर्वाचन समितिका सद्स्य अरूण यादवले बताए।

प्रतिक्रिया दिनुहोस्