१९ मंसिर,काठमाडौं। नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नेपालको कम्युनिस्ट आन्दोलन धुजाधुजा भएको आरोप लगाएका छन् ।
पार्टीको सचिवालय बैठकका क्रममा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले त्यस विषयलाई आम नेपाली जनताले बुझेको बताए। ‘यो मुलुकको लोकतान्त्रिक गणतन्त्रको, राजनीतिको, यहाँको स्थिरताको खलनायकको भूमिका केपी ओली र उहाँको नेतृत्वले खेलिरहेको छ भन्ने कुरा मुलुकलाई जगजाहेर छ’, उनले भने।
‘यहाँको राजनीतिको खलनायकको भूमिका केपी ओली र उहाँको नेतृत्वले खेलिरहेको छ भन्ने कुरा मुलुकलाई जगजाहेर छ’, खतिवडाले भने, ‘उहाँकै कारणले नेपालको कम्युनिस्ट आन्दोलन धुजाधुजा हुन पुगेको कुरा पनि आम नेपाली जनताले बुझेका छन् ।’
‘आफ्ना गल्तीहरू ढाकछोप गर्नका निम्ति नेकपा एकीकृत समाजवादीलाई जति धेरैसम्म उहाँले गाली र श्राप गर्न सक्नुहुन्छ, गर्नुभए हुन्छ’, खतिवडाले भने, ‘गाली, आलोचना, श्रापले नेकपा एकीकृत समाजवादी सकिँदैन। बरु यहाँहरूकै व्यक्तित्व समाप्त हुँदै जान्छ भन्ने हामीलाई लाग्छ।’
उनले आफ्ना गल्ती ढाकछोप गर्न एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई जति धेरै गाली र श्राप दिए पनि त्यो गालिले एकीकृत समाजवादी नसकिने बताए ।