१९ मंसिर,काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले आगामी जेठ ३ गतेदेखि ७ सम्म काठमाडौँमा गर्ने निर्णय गरेको सो पार्टी उपमहासविच एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टीले आगामी माघ महिनामा गर्न लागेको अधिवेशनको समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण करिब चार महिनापछि सारिएको हो ।
त्यस्तै बैठकले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका तयार गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको खतिवडाले जानकारी दिए । बैठकले विधानमा छलफल गर्न कार्यदल गठन, राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि समिति गठन गरिएको उनले बताए ।
त्यस्तै मंसिर २८ र २९ गते सचिवालयको बैठक, पौषको ९ गते स्थायी कमिटी, १० गते पोलिटब्युरो र पौष ११ र १२ गते केन्द्रीय कमिटीको बैठक बस्ने खतिवडाले जानकारी दिए । प्रचार विभाग प्रमुख खतिवडाले आफ्नो गल्तीलाई ढाकछोप गर्नका लागि नेकपा समाजवादीलाई गाली गरे पनि त्यसले कुनै असर नपर्ने जिकिर गरे ।