समाचार

खानीडाँडामा बस र ट्रक ठोक्किँदा २० जना घाइते

८ पुष २०७८, बिहीबार १५:३२
खानीडाँडामा बस र ट्रक ठोक्किँदा २० जना घाइते

८ पुस, कैलाली।  कैलालीमा बस र ट्रक एकआपसमा ठोक्किँदा २० जना घाइते भएका छन्।

कैलालीको खानिडाँडा नजिक गोताले भन्ने ठाउँमा बस र ट्रक ठोक्किँएको प्रहरीले जनाएको छ । बझाङबाट धनगढी जाँदै गरेको ना ६ ख १९८२ नम्बरको बस र बुटवलबाट डडेल्धुरा आउँदै गरेको ना ६ ख २३६२ नम्बरको ट्रक एकआपसमा ठोक्किँएको हुन्।

अहिले घाइतेलाई उपचारको लागि अस्पताल लागीएको छ । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्