मनोरञ्जन

अल्लु अर्जुनको ‘पुष्पा’ले ६ दिनसम्म कति कमायो ?

८ पुष २०७८, बिहीबार १५:२१
अल्लु अर्जुनको ‘पुष्पा’ले ६ दिनसम्म कति कमायो ?

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज अफ अनस्टपएवल’ले प्रदर्शन भएको दुई दिनमा १०० करोड भारतीय रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ।

अर्जुन अभिनित फिल्म ‘पुष्पा’ को निकै चर्चा छ । सुकुमारको निर्देशनमा बनेको यस फिल्मले शुरुवात देखि नै राम्रो कमाइ गरेको छ । दुई दिनमै एक सय करोड कमाई गरेको यस फिल्मले चार दिनमा विभिन्न भाषामा रेकर्ड ब्रेक गरेको छ ।

पुष्प: द राइजले छैटौँ दिन भारतमा करिब ९.५ करोड रुपैयाँ कमाइ गरेको थियो भने सबै भाषामा ६ दिनमा १५० करोड रुपैयाँ कमाएको बताइएको छ ।

सुकुमारको लेखक तथा निर्देशन गरेको फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्दन्ना र फाहद फासिलको अभिनय रहेको छ। तेलगु सिनेमामा फासिलको यो डेब्यू फिल्म हो। मलयालमसँगै तमिल, कन्नडा र हिन्दी भाषामा प्रदर्शनमा आएको फिल्मले समीक्षकहरुबाट पनि राम्रो प्रतिक्रिया पाएको छ।

यो चलचित्रको निर्माणका लागि कुनै पनि विदेशी प्राविधिकलाई काम नगराउने तयारी गरिएको छ । भारतीय मिडियाका अनुसार, सबै भारतीय प्राविधिकले नै यो चलचित्रमा काम गर्नेछन् । यो चलचित्र अल्लु अर्जुनको करिअरका लागि पनि महत्वपूर्ण छ । किनकी, यो चलचित्र भारतका सबै भाषामा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्