१९ मंसिर,काठमाडौं। सरकारले तोकिएको समयमा दिइएको जिम्मेवारी पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न पाँचवटा कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा (१) बमोजिम पाँचवटा निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको हो ।
कालो सूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि काममा भाग लिन पाउने छैनन् । तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको छ ।