समाचार

६ नेपालीको शव ल्याउने वातावरण मिलाइदिन आग्रह

१९ मंसिर २०८०, मंगलवार ०१:१६
६ नेपालीको शव ल्याउने वातावरण मिलाइदिन आग्रह

१९ मंसिर,काठमाडौं। परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६जनाको नामसमेत सार्वजनिक गरेको छ।

सोमबार विज्ञप्तिमार्फत् सरकारले अहिलेसम्म रूसी सेनामा भर्ती भएर ६ नेपालीले सहादत प्राप्त गरेको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारको सहमति बिना नै रुसले नेपाली नागरिकलाई सेनामा भर्ती गरेकोसमेत पाइएको छ । मन्त्रालयले कुनै पनि नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्