समाचार

कांग्रेस प्रदेश २ को मतदान सकियो

८ पुष २०७८, बिहीबार १५:०२
कांग्रेस प्रदेश २ को मतदान सकियो

८ पुस, धनुषा । नेपाली कांग्रेस प्रदेश २ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । जनकपुरको गोपाल धर्मशालामा बिहीबार बिहान ९ बजे सुरु मतदान राति ८ बजे सकिएको हो ।

 जम्मा १९५१ प्रतिनिधि रहेकामा १८८१ जनाले मतदान गरेका छन् । धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ तथा बारा र पर्साको बुथमा ४६८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्णप्रसाद यादव र विमलेन्द्र निधि–शेखर कोइराला पक्षबाट रामसरोज यादवबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्