खेलकुद

महिला क्रिकेट छनोटको उपाधि काठमाडौँलाई

१९ मंसिर २०८०, मंगलवार ००:५८
महिला क्रिकेट छनोटको उपाधि काठमाडौँलाई

१९ मंसिर,काठमाडौँ। प्रधानमन्त्री कपका लागि भएको बागमती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाडौँले हात पारेको छ ।

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको लालितपुर र काठमाडौँबीचको फाइनल खेलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौँ क्रिकेट सङ्घले उपाधि हात पारेको हो ।

सुरुआती ब्याटिङ गरेको ललितपुरले नौ विकेटको क्षतिमा ५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको काठमाडौँले १६ दशमल एक ओभरमा ६ विकेटमा लक्ष्य पूरा गरेर उपाधि हात पा¥यो ।

प्रतियोगिताको समापन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अब नियमित खेल गतिविधि हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्