१८ मंसिर,काठमाडौँ। पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइ रहेको छ ।
आज सोमबार पनि सुनको मूल्य बढेर प्रतितोला १ लाख २१ हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो । बढेको मूल्यसँगै आज पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको महासंघले जनाएको छ ।