समाचार

नगद १६ लाख रुपैयाँसहित एक जना पक्राउ

८ पुष २०७८, बिहीबार ११:३७
नगद १६ लाख रुपैयाँसहित एक जना पक्राउ

८ पुस, बारा । प्रहरीले स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

बाराको कलैयास्थित नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्दा रन्देशलाई १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्