समाचार

मैले साथ दिएर माओवादी यहाँ पुग्यो तर प्रचण्डले कुरा बुझेनन्- ओली

८ पुष २०७८, बिहीबार ११:२२
मैले साथ दिएर माओवादी यहाँ पुग्यो तर प्रचण्डले कुरा बुझेनन्- ओली

८ पुस, पर्सा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थानमा आइपुगेको बताएका छन्।

पर्सामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्षसहितका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गरेका छन् ।

‘मैले साथ दिएर, मैले हात दिएर माओवादी यहाँ पुर्ग्यो तर प्रचण्डले कुरा बुझेनन्’। सम्बोधनको क्रममा उनले भने। ओलीले आफू सरकारमा रहँदा विकासको लहर ल्याएको भन्दै वर्तमान सरकार जनताले चाहेको सरकार नभएको बताए।

पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकार जनताले चाहेको सरकार नभएको बताए। जनताले नेपाली कांग्रेसलाई २७५ मा ६० र प्रत्यक्ष निर्वाचित १६५ मा २३ मा झारिदिएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्