बलिउड

रणबीर कपुरको ‘एनिमल’ले कति कमायो ?

१८ मंसिर २०८०, सोमबार ००:५८
रणबीर कपुरको ‘एनिमल’ले कति कमायो ?

१८ मंसिर, एजेन्सी। बलिउड अभिनेता रणबीर कपुरको चलचित्र ‘एनिमल’ले आक्रामक व्यापार गरिरहेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले भारतमा मात्रै तिन दिनमा २३५ करोडको व्यापार गरेको छ।

बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार चलचित्रले पहिलो दिन शुक्रबार ६३ करोड ८० लाख र दोस्रो दिन शनिबार ६७ करोड २७ लाख भारतीय रुपैयाँ बराबरको व्यापार गरेको हो।

त्यस्तै तेश्रो दिन ७० करोड भारतीय रुपैयाँ बराबरको व्यापार गरेको हो। उक्त चलचित्र विश्वभरजम्मा तिन दिनमा २३५ करोडको ९३ लाखको व्यापार गरेको हो।

प्रतिक्रिया दिनुहोस्