मुख्य समाचार

३१ जना यात्रु छुटेको दुबई पुगेपछि मात्र थाहा पाएँ : प्रधानमन्त्री

१७ मंसिर २०८०, आईतवार १४:०४
३१ जना यात्रु छुटेको दुबई पुगेपछि मात्र थाहा पाएँ : प्रधानमन्त्री

१७ मंसिर,काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दुबई भ्रमणका क्रममा दुबई जानबाट ३१ जना यात्रुहरु छुटेकोप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन बुधबार राति नेपाल एयरलाइन्सको विमानबाट दुबई गएका थिए । उनको यात्राका लागि उडान २ घण्टा अगाडि सारेका कारण ३१ जना यात्रु छुटेका थिए ।

उनले आफूलाई उडान दुई घण्टा अघि सार्दा यात्रुहरु छुट्छन् भन्ने जानकारी भएको भए तोकिएको समयमै आफू जाने बताए। उनले भने, ‘यदि मलाई दुई २ घण्टा अघि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म दुई घण्टा छिटो जाँदिन थिएँ, जुन समय हो त्यही समयमा जान्थेँ। उहाँ पुगेपछि मेरो कारणले दुई घण्टा छिटो ल्याउन खोज्दा छुटेको भन्ने थाहा पाएँ।’

प्रतिक्रिया दिनुहोस्