१७ मंसिर, काठमाडौँ । साता दिन नाघिसक्दा पनि सनाखत हुन नसके पछि चितवन प्रहरीले दुई मृतकको स्केच सार्वजनिक गरेको छ ।
गत मंसिर ६ गते भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडक खण्डको कल्भर्टमुनि पुरूष र महिलाको शव फेला परेको थियो।
अन्दाजी २४–२५ वर्ष उमेर देखिने ५ फिट ७ इन्च उचाइ भएको पुरुष र सोही स्थानमा ३०-३१ बर्षकी ५ फिट ३ इन्च उचाइ भएकी महिलाको शव सडेगलेको अवस्थामा फेला परेको थियो ।
सो शव फेला पारेपछि ७७ वटै जिल्ला प्रहरी कार्यालय लगायत सीमावर्ती भारतीय इलाकाहरुमा समेत हुलिया परिपत्र गर्दा हालसम्म मृतकहरूको सनाखत तथा पहिचान हुन नसके पछि प्रहरीले स्केच सार्वजनिक गरेको हो ।