समाचार

३० दूरसञ्चार प्रदायक कम्पनीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्राधिकरणको निर्देशन

१७ मंसिर २०८०, आईतवार ०२:४७
३० दूरसञ्चार प्रदायक कम्पनीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्राधिकरणको निर्देशन

१७ मंसिर,काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले २२ वटा दूरसञ्चार प्रदायक कम्पनीलाई एक साता दिनभित्र सम्पर्कमा आउन भनेको छ ।

नियमानुसार बुझाउनुपर्ने वित्तीय विवरण तथा रोयल्टी नबुझाउने २२ वटा दूरसञ्चार कम्पनीलाई सात दिन भित्र प्राधिकरणको सम्पर्कमा आउन आग्रह गरेको हो।

‘नियमानुसार बुझाउनु पर्न अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको र बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक-पटक सम्पर्क गर्न पत्राचार तथा ईमेल गर्दासमेत सम्पर्क हुन नसकेको भन्दै प्राधिकरणले एक साताभित्र सम्पर्कमा आउन, अन्यथा दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमति खारेजी गर्ने प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्