समाचार

माओवादी प्रदेश १: मुक्साहाङलाई पराजित गर्दै अध्यक्षमा हर्क विजयी

८ पुष २०७८, बिहीबार ०१:३२
माओवादी प्रदेश १: मुक्साहाङलाई पराजित गर्दै अध्यक्षमा हर्क विजयी

८ पुस, विराटनगर। नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन्।

बुधबार माओवादी केन्द्र प्रदेश १ को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा ‘मिक्सो’ अध्यक्षमा निर्वाचित भएका हुन् ।

मिक्सो १६९ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए । त्यस्तैगरी उनको निकटतम प्रतिद्वन्द्दी प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ प्राप्त गरेका थिए । अध्यक्षका लागि भएको निर्वाचनमा ७ मत बदर भएको थियो ।

त्यस्तैगरी सचिवका लागि भएको निर्वाचनमा गणेश उप्रेती (सुशील)ले १४८ प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत प्राप्त गरेका थिए ।

तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ (१११), देवान चाम्लिङ (१२०) र शिवकुमार डाँगी (११३) विजयी भएका छन्। सचिव पदमा गणेश उप्रेती (सुशील)ले १४८ मत ल्याएर विजयी बने। उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए।

सहसचिवमा कुमारी राई (११४), सागर किराँती (७३) र ऋषिराम ढुंगाना (९५) विजयी भएका छन्। कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी ‘गगन’ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरिन्।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० मतदाता थिए । जसमा २९ जनाले उम्मेदावरी दिएका थिए । त्यस्तै १९ जना मतदानमा सहभागी भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्