खेलकुद

अस्ट्रेलियासँगको टी–२० शृङ्खला भारतलाई : चौथो खेलमा अस्ट्रेलिया २० रनले पराजित

१६ मंसिर २०८०, शनिबार ०२:१६
अस्ट्रेलियासँगको टी–२० शृङ्खला भारतलाई : चौथो खेलमा अस्ट्रेलिया २० रनले पराजित

१६ मंसिर, काठमाडौं । रिंकु सिंहको आक्रामक ४६ रन र अक्षर पटेलको स्पिन आक्रमणको मदतले भारतले शुक्रबार अस्ट्रेलियालाई चौथो ट्वान्टी-२० मा २० रनले हराउँदै पाँच खेलको सिरिज जितेको छ । यस जितसँगै भारत सिरिजमा ३–१ ले अगाडि रह्यो ।

पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । त्यसमा रिन्कुले २९ बलको मात्र सामना गरेका थिए । जवाफमा अस्ट्रेलियाले सात विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।

अक्षरले १६ रन खर्चेर तीन विकेट लिए । यस्तै लेग स्पिनर रवि विश्नोइले आफ्नो पहिलो बलमै विकेट लिए । उनले त्यही विकेटसँगै १७ रन मात्र खर्चे । अब सिरिजको अन्तिम खेल आइतबार बेंगलुरुमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्