प्रवास

हमास र इजरायलबीच ७ दिने युद्धविराम सकियो, युद्ध फेरि सुरु

१५ मंसिर २०८०, शुक्रबार ०६:१७
हमास र इजरायलबीच ७ दिने युद्धविराम सकियो, युद्ध फेरि सुरु

१५ मंसिर, काठमाडौं । हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । सम्झौता सकिएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ ।

हमास र इजरायलबीचको युद्धविरामको लागि भएको सम्झौताको अवधि सकिएको छ। इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ। हमास र इजरायलबीचको युद्धविराम सम्झौताको बिहीबार सातौं दिन थियो। यसपछि आजदेखि यो सम्झौता सकिएको हो। सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको बताएको थियो।

युद्धविराम कायमै रहेको बेला भएको रकेट हमलापछि इजरायलले त्यसको जानकारी दिएको हो ।  जसअनुसार सेनाले एउटा रकेट पत्ता लगाएको र हवाई रक्षाद्वारा रोकिएको बताएको छ।

यसअघि इजरायली मिडियाले देशको आइरन डोम मिसाइल प्रतिरक्षा प्रणालीको एक भागको रूपमा साइरन अन गरिएको रिपोर्ट गरेको थियो, जसले आगमन रकेटहरू पत्ता लगाउने गर्दछ।प्यालेस्टिनी सशस्त्र समूहहरूबाट यसमा तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्