अर्थ / वाणिज्य

आज सुनको मुल्य कति ?

१५ मंसिर २०८०, शुक्रबार ०५:५५
आज सुनको मुल्य कति ?

१५ मंसिर, गाजा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १९ हजार रुपैयाँ कायम भएको छ ।  आज तेजावी सुन तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँ बढ्दै १ हजार ५ सय ४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्