समाचार

सैनिक श्रीमती सङ्घद्वारा भूकम्प प्रभावितलाई सहयोग

१४ मंसिर २०८०, बिहीबार १४:३१
सैनिक श्रीमती सङ्घद्वारा भूकम्प प्रभावितलाई सहयोग

१४ मंसिर,काठमाडौँ। सैनिक श्रीमती सङ्घद्वारा कात्तिक १७  गते  जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमवासीलाई राहत सामग्री उपलब्ध गराइएको छ ।

सङ्घकी अध्यक्ष सुनिता शर्माले दुवै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीलाई खाद्यान्न तथा लत्ताकपडा र ब्लाङ्केटसहितका राहत सामग्री उपलब्ध गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सङ्घका अध्यक्ष शर्मासहितका पदाधिकारी आज दुवै जिल्ला पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्