सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्रविक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्का लगायतले दाबी गरेका छन्।
७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश १ का ९ पदाधिकारीका लागि ३३ जनाको मनोनयन दर्ता भएको छ ।
लामो समयसम्म पदाधिकारी चयन गर्न नसकेपछि बुधबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै निर्वाचन प्रक्रिया अघि बढेको हो ।
पदाधिकारी निर्वचनका लागि साँझ ७ बजेदेखि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेर निर्वाचन समितिले प्रक्रिया अघि बढाएसँगै ३३ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश कमिटीमा निर्वाचित हुने नौ जना पदाधिकारीका लागि ३३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले सार्वजनिक गरेको छ ।
अध्यक्षमा मुक्साहाङ मेन्याङ्बो र हर्कबहादुर नेम्वाङको प्रतिस्पर्धा हुने छ। मेन्याङ्बो वर्षमान पुन नजिकका हुन भने नेम्वाङ जनार्दन शर्माको टिमका हुन्।