समाचार

माओवादी प्रदेश १ : ९ पदका लगि ३३ उमेदवार

७ पुष २०७८, बुधबार १६:३६
माओवादी प्रदेश १ : ९ पदका लगि ३३ उमेदवार

७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश १ का ९ पदाधिकारीका लागि ३३ जनाको मनोनयन दर्ता भएको छ ।

लामो समयसम्म पदाधिकारी चयन गर्न नसकेपछि बुधबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै निर्वाचन प्रक्रिया अघि बढेको हो ।

पदाधिकारी निर्वचनका लागि साँझ ७ बजेदेखि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेर निर्वाचन समितिले प्रक्रिया अघि बढाएसँगै ३३ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश कमिटीमा निर्वाचित हुने नौ जना पदाधिकारीका लागि ३३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

अध्यक्षमा मुक्साहाङ मेन्याङ्बो र हर्कबहादुर नेम्वाङको प्रतिस्पर्धा हुने छ। मेन्याङ्बो वर्षमान पुन नजिकका हुन भने नेम्वाङ जनार्दन शर्माको टिमका हुन्।

उपाध्यक्षमा यसअघि १२ जनाको उमेदवारी परेकोमा ४ जनाले फिर्ता लिएका हुन्। जसमा शिवकुमार डाँगी, भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, मणिकुमार साम्पाङ, उर्मिला तामाङ, देवान चाम्लिङ, इन्दिरा मिश्र र मोहन बहादुर खत्री रहेका छन्।

सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्रविक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्का लगायतले दाबी गरेका छन्।

तीन जना सह-सचिव पदका लागि १४ जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्