समाचार

किसान र गोठालाबीच झगडा हुँदा ४५ किसानको मृत्यु

७ पुष २०७८, बुधबार १४:५२
किसान र गोठालाबीच झगडा हुँदा ४५ किसानको मृत्यु

एजेन्सी। नाइजेरियाको मध्य राज्य नासारावमा किसान र गोठालाबीचको झगडाले उग्र रुप लिँदा कम्तीमा ४५ किसानको मृत्यु भएको छ।

शुक्रबारदेखि सुरु भएको सो झडपमा कम्तीमा ४५ किसानको मृत्यु भएको हो। नाइजेरियाका राष्ट्रपति मुहम्मादु बुहारीले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्। सो झडपमा परी दर्जनौं मानिस गम्भीर घाइते भएको सो विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति बुहारीले सो घटना हृदयविदारक भएको बताउँदै मृतकप्रति शोक व्यक्त गरेका छन्। सो घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नेसमेत उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्