समाचार

अक्टोबर ७ मा पक्राउ परेका तीन सैनिक मारिएको इजरायलद्वारा पुष्टि

१४ मंसिर २०८०, बिहीबार ०२:१७
अक्टोबर ७ मा पक्राउ परेका तीन सैनिक मारिएको इजरायलद्वारा पुष्टि

१४ मंसिर,काठमाडौँ। हमासले बन्दी बनाएको भनिएका तीन सैनिक अक्टोबर ७ मा भएको आक्रमणमा मारिएको पुष्टि भएको छ। इजरायली रक्षा बल (आईडीएफ)उनीहरूको शव हमासले गाजा लगेको बताएको छ।

आईडीएफ प्रमुख रब्बीले यहूदी कानूनअनुसार उनीहरूको मृत्यु भएको पर्याप्त प्रमाण रहेको निष्कर्ष निकालेपछि पहिलो सार्जेन्ट टोमेर याकोभ अहिमास (२०), सार्जेन्ट किरिल ब्रोडस्की (१९) र सार्जेन्ट शाकद दहन (१९) लाई आधिकारिक रूपमा मृत घोषित गरिएको हो । (एएनआई)

पहिलो सार्जेन्ट टोमेर याकोभ अहिमास, सार्जेन्ट किरिल ब्रोडस्की र सार्जेन्ट शाकद दहनलाई आधिकारिक रूपमा मृत घोषित गरिएको हो।

प्रतिक्रिया दिनुहोस्