समाचार

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई

१४ मंसिर २०८०, बिहीबार ०२:११
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई

१४ मंसिर,काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्किएकाले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री खड्काले पाएका हुन् ।

राष्टपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्स जान लाग्नुभएकोले उनको अनुपस्थितिमा  प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड कोप २८ सम्मेलनमा भाग लिन बुधबार साँझ संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्