राजनीति

रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनित

१३ मंसिर २०८०, बुधबार ०९:३६
रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनित

१३ मंसिर,काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीका सबै सांसदलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ। महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई मनोनीत गरेको हो।

महोत्तरीको जलेश्वरमा मंसिर ११ देखि जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई जिम्मेवारी दिने निर्णय भएको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् । उनका अनुसार संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगीलाई केन्द्रीय समिति सदस्य मनोनयन गरिएको हो ।

रास्वपामा ६ जना सांसद मात्रै केन्द्रीय समितिमा थिए। स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, हरि ढकाल, मनिष झा, सन्तोष परियार, डा तोसिमा कार्की, निशा डाँगी, विनिता कठायत, डा चन्दा कार्की, असिम शाह, लक्ष्मी तिवारी, अशोक चौधरी, शिव नेपाली केन्द्रीय सदस्यमा मनोनीत भएको एक नेताले जानकारी दिए।

यसअघि रास्वपाको केन्द्रीय समिति ३९ सदस्यीय थियो। मोहन थापाले ढाकाकुमार श्रेष्ठले अडियो प्रकरणमा नाम मुछेकाले राजीनामा दिएका छन्। संयुक्त बैठक बुधबार सक्ने तयारी रहेको छ।

यसअघि रास्वपामा ३९ जना केन्द्रीय सदस्य थिए । मोहनबहादुर थापाले दिएको राजीनामा स्वीकृत भएसँगै यो संख्या ३८ मा झरेको थियो । अब रास्वपाको केन्द्रीय समिति ५१ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्